वर्ष प्रशिक्षकलाई सारथीको साथ
काठमाडौँ । कैलालीको धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले साथ दिने भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा सारथी अस्पतालले प्रायोजन गर्ने भएको हो ।
स्पोर्टस अवार्डमा दिइने आठवटा विधामध्येको एक वर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल वर्ष प्रशिक्षक अवार्ड रहने छ । खेलकुद क्षेत्रमा लागेका खेल प्रशिक्षकलाई पछिल्लो एक वर्षको अवधिमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा बर्ष प्रशिक्षक रुपमा यो अवार्ड दिइनेछ । यो विधाका विजेतालाई नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
हरेक वर्ष आयोजना हुने स्पोर्टस अवार्डमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिँदै आएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौतापत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका वरिष्ठ उपाध्यक्ष शंकर बोहोराले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण