शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पोटासियम–भिटामिन सीले भरपुर कटहर, रक्तचाप र मुटु रोगमा प्रभावकारी

मङ्गलबार, २३ जेठ २०८०, १३ : ५६
मङ्गलबार, २३ जेठ २०८०

कटहरको रूपमा एउटा यस्तो रुख हो जसको एक एक भाग प्रयोगमा ल्याउन सकिन्छ । कटहरको रुखको फल, पात, जरा सबै कुरा प्रयोग गर्न सकिन्छ । कटहर काँचो भए यसलाई तरकारीको रूपमा पकाएर खान सकिन्छ भने रुखमा नै पाकेको छ भने फलफूलका रूपमा खान सकिन्छ । यसको बीउ पनि पकाएर खाइन्छ । काँचो कटहरको अचार पनि असाध्यै मिठो हुन्छ । यसलाई शाकाहारीको मासु पनि भन्ने गरिन्छ ।  यसको फल र बीउ दुवै पौष्टिकताले भरिपूर्ण हुन्छन् । कटहरको पात पनि जनावरलाई खुवाइन्छ । यसको जरा र पात औषधि बनाउन प्रयोग गरिन्छ । जबकि फर्निचर र वाद्य यन्त्र बनाउन यसको काठ प्रयोग गरिन्छ ।

कटहरको पिठोले मधुमेहबाट जोगाउँछ ?

के तपाईंले कहिल्यै कटहरको पीठो खानुभएको छ ? यदि छैन भने, यसलाई प्रयोग गर्ने प्रयास गर्नुहोस् । यसको पीठो काँचो र हरियो कटहर सुकाएर तयार गरिन्छ । ३० ग्राम कटहरको पीठोमा १०८ क्यालोरी, २० ग्राम कार्बोहाइड्रेट र ५ ग्राम फाइबर हुन्छ । अनुसन्धानले पत्ता लगाएको छ कि टाइप २ मधुमेह रोगीहरूले कटहरको पीठो खान सक्छन् । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्छ ।

नियमित रूपमा कटहर खाँदा घाउ निको हुन्छ 

कटहर भिटामिन सी को सबैभन्दा राम्रो श्रोत हो । एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुँदा यसको प्रतिरक्षा प्रणालीमा सुधार हुन्छ । भिटामिन सी बाटै कोलेजन नामको प्रोटिन बन्छ जसका कारण छाला स्वस्थ हुन्छ भने हड्डी र तन्तु बलियो हुन्छन् ।

कटहरमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल र एन्टी फङ्गल गुण हुन्छ । साथै, कोलाजेन प्रोटिनले शरीरको घाउ छिट्टै निको हुन्छ ।

ज्याकफ्रुट ती दुर्लभ फलहरू मध्ये एक हो जसमा बी कम्प्लेक्स भिटामिन पाइन्छ । यससँगै भिटामिन बी६, नियासिन, रिबोफ्लेविन र फोलिक एसिडको मात्रा पनि पाइन्छ 

पोटासियमले भरपुर, रक्तचाप नियन्त्रणमा राख्छ

शरीरमा तरल पदार्थलाई सन्तुलित राख्न पोटासियमको पर्याप्त मात्रा आवश्यक हुन्छ । पाकेको कटहरमा न्युट्रिशनल भ्यालु बढी हुन्छ । यसको १०० ग्राम टुक्रामा पनि २८७–३२३  मिलिग्राम पोटासियम पनि हुन्छ । जबकि ३० देखि ७० मिलिग्रामसम्म क्याल्सियम र २० ग्रामसम्म कार्बोहाइड्रेट हुन्छ । पोटासियम कम हुँदा रक्तचाप कम राख्न मद्दत गर्छ ।

मुटु रोगीका लागि फाइदाजनक 

कटहरमा धेरै यौगिकहरू हुन्छन् जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यसले मुटु रोग नियन्त्रणमा राख्छ । मांसपेशी बलियो हुन्छ र स्नायु प्रणालीलाई पनि बलियो बनाउने काम गर्छ ।

पाचन सुधार्छ 

कब्जियत हुनेहरूले कटहर खानुपर्छ । यसमा फाइबर पाइने भएकाले खाना चाँडो पच्छ र कब्जियतको समस्या हट्छ । यसले आन्द्रालाई एक किसिमले सफा गर्ने भारतकी डाइटिशियन डा. विजयश्री प्रसाद बताउँछिन् । पायल्सका बिरामीले कटहर खाँदा राहत मिल्छ । आन्द्राको क्यान्सर भएमा पनि कटहर खानु फाइदाजनक हुन्छ ।

दृष्टि बढ्छ

कटहरमा भिटामिन ए र बिटा क्यारोटिन पनि हुन्छ । बिटा क्यारोटिन पनि सिन्थेसिसमार्फत् भिटामिन ए मा परिणत हुन्छ । भिटामिन ए आँखाको लागि आवश्यक हुन्छ । यसले आँखालाई ब्याक्टेरिया र भाइरल सङ्क्रमणबाट बचाउँछ । कटहरमा ल्यूटिन जिएजेन्थिन एन्टिअक्सिडेन्ट हुन्छ जसले उज्यालो प्रकाश वा पराबैंगनी किरणलाई आँखामा प्रवेश गर्नबाट रोक्छ ।

मधुरो प्रकाशमा तपाईंको दृष्टि सुधार गर्दछ ।

डायटिशियन विजयश्री प्रसाद भन्छिन्, ‘कटहर खाएपछि पानी पिउनु हुँदैन, यसले झाडा लाग्न सक्छ । यस्तै गरी कटहर खाएपछि दूध नपिउनुहोस्, यसले अपच हुनसक्छ ।’

कटहरको जराले दम ठिक हुन्छ

दमका रोगीलाई सास फेर्न समस्या हुन्छ । अनुसन्धानमा पाइए अनुसार कटहरको जरालाई उमालेर खाँदा दमबाट राहत मिल्छ । कटहरमा प्रचुर मात्रामा आइरन पाइन्छ जसका कारण रगतमा रातो रक्त कोशिकाको कमी हटाउन सकिन्छ ।

कटहर सम्बन्धी भ्रम र तथ्य

भ्रम १ : कटहरको दाना खानु हुँदैन, यो विषालु हुन्छ ।

वास्तविकता : कटहरको दाना पौष्टिक तत्त्वले भरपुर हुन्छन् । यसमा प्रोटिन, स्टार्च र भिटामिन हुन्छन् ।

भ्रम २ : कटहर खाँदा पेट खराब हुन्छ ।

वास्तविकता : कटहर फाइबरले भरपुर हुन्छ । सीमित मात्रामा खाँदा स्वास्थ्य राम्रो हुन्छ ।

भ्रम ३ : गर्भवती महिलाले कटहर खानु हुँदैन ।

वास्तविकता : डाक्टरको सल्लाहमा थोरै मात्रामा कटहर खानुहुन्छ ।

भ्रम ४ : कटहर खाँदा तौल बढ्छ ।

वास्तविकता : कटहरमा कम क्यालोरी हुन्छ । यसमा भिटामिन सी, फाइबर र एन्टीअक्सिडेन्ट्स हुन्छन् जसले गर्दा तौल कम हुन्छ ।

भ्रम ५ : दूधसँग कटहर खान सकिन्छ ।

वास्तविकता : दूधसँग कटहर खाँदा अपच हुनसक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप