मिटरब्याजी पीडितसँग गृहमन्त्रीले भने– प्रहरीले दुःख दिएको छ भने मलाई भन्नुहोस्
महोत्तरी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेर झन्डा हल्लाउने मात्र काम नभएको बताएका छन् । पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमानदारिताका साथ नलाग्दा जनताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ ।
शनिवार महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनताको समस्यामा नेता समेत इमानदारी नभएको आरोप लगाए । अब कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै उनले जनतालाई जनप्रतिनिधि र नेताहरूले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गराए ।
मिटरब्याजी पीडितहरूको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने– ‘काइते कुरा गरेर कुनै पनि प्रहरीले पीडितलाई थप पीडा दिएको छ भने हामीलाई उजुरी दिनुस् हामी कारबाही गर्न तयार छौ ।’
मिटरब्याजी पीडितका लागि जनप्रतिनिधिहरूले एजेन्डा बनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे । गृहमन्त्री श्रेष्ठले मधेसमा आउँदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उनले भने– ‘मधेसका श्रमिकहरूले जहिले पनि राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको लागि आवाज उठाउने गर्दछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण