आफूलाई झोले सांसद भन्दै दीपक गिरीले भने– ‘बालेन शाहलाई सलाम छ’
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुसँग जनताको धेरै अकांक्षा हुने तर त्यो पूरा गर्नका लागि सांसदको अधिकार र हैसियत केही नहुने भन्दै गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै उनले गिरीले आफूलाई झोले सांसद भन्दै कटाक्षा गरे ।
सांसद गिरीले भने– ‘म आग्रह गर्न चाहन्छु, सांसदको हविगत हैसियत के छ भनेर । म आफूलाई झोले सांसद भन्न चाहन्छु । राति १२ बजे एउटी बुढी आमाको फोन आउँछ । मेरो एउटा खसी मर्यो कहिँबाट केही आउँछ कि ? सांसद बाबुले केही गरिदिनु हुन्छ कि ? अर्को फोन आउँछ राती नै मेरी बुहारी छोरालाई किताव लिन भनेर गएकी २७ दिन भयो खोजीदिनुपर्यो । जनतालाई थाहा छ सांसदले नीति बनाउने भन्ने कुरा ?’
उनले अगाडि भने– ‘आफ्नो नागरिकलाई बुझ्नुस् । थाहा छैन नागरिकलाई । पहिरो गयो भने माननीयज्यू पहिरो गयो, माननीय ज्यू आगो लाग्यो भन्ने अवस्था छ । म त बालेनजीलाई । उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको हैसियतमा पुर्याइदिनुभयो । कम गाह्रो छ, कम कठिन छ राति १२ बजे फोन आउँछ । राति जलपान गरेर अब त चिन्न छोड्नुभयो होला भनेर फोन आउँछ, आफूले पनि जलपान गरेको बेला पर्यो भने झगडा पर्न सक्छ । हेर्नुस् अवस्था यस्तो छ नेपालको ।’ उनले सबै सांसदहरुको बह यस्तै रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण