कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिँदै
सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विस्तार गर्ने प्रयासहरू भइरहेका छन् । अहिले ३ सय शय्यासहितको अस्पताल अब हेलिप्याडसहितको पाँच सय शय्यामा रूपान्तरण हुने भएको छ ।
हाल सेवा प्रवाह भइरहेकै भवनमाथि हेलिप्याडसहित पाँच सय शय्याको अस्पताल निर्माण गरिने अस्पताल स्रोतले जनाएको छ । त्यसका लागि १ अर्ब २ करोड ४२ लाख ७४ हजारको सम्झौता भइसकेको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले बताए ।
निर्माणको जिम्मा गौरा श्याम सुन्दर जेभी काठमाडौँले लिएको छ । कम्पनीले ०८२ मंसिर मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । बिरामीको चाप बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहने गरि तला थप गर्न लागिएको खड्काले बताए ।
साथै उनले मेडिकल कलेजका लागि अहिले नै मापदण्ड पुरा गरिसकिएको पनि बताए । ‘तला थप भएमा भिआइपी उपचार कक्ष, डिलक्स, क्याबिन कक्ष लगायतका सुविधाहरू थप हुनेछन्,’ उनले भने,‘ अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने छ ।’
शिक्षण अस्पताल भएपछि विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्ने व्यवस्थापनसहितको सुविधा पनि नयाँ भवनमा थप हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण