कारबाही
सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित
शुक्रबार, ०१ असार २०८०, १९ : ००
काठमाडौँ । सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।
केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको थियो । घटना छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले समिति बनाएको थियो । उक्त समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतका अनुसार प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण