कञ्चनपुरमा नेपाली भूमि भारतीय पक्षबाट नापजाँचबारे सत्य तथ्य सार्वजनिक गर्न सांसदको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालले भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको भन्दै यसको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नाप जाँच गरे पनि त्यहाँका सुरक्षाकर्मीले कुनै सुइको समेत नपाएको भन्दै सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।
‘असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेश्नल हाइवे सर्वे गर्ने भन्दै कञ्चनपुर भुजेला गड्डाचौकी हुँदै सुका सालसम्मको भूमि नाप जाँच गरे’, अर्यालले भने, ‘सर्भेका सामानसहित आएका ती भारतीय प्राविधिक नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँको समेत पाएनन्’, अर्यालले प्रश्न गर्दै भने, ‘के उनीहरूलाई जागिर खानका लागि मात्रै सीमानामा खटाइएको हो ?’
उनले बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीयहरू धेरै सचेत देखिएको भन्दै भारतीय पक्षले अनधिकृत नेपाली भूमि नाप जाँच गरेपछि प्रहरीलाई खबर गरेको बताए । ‘नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रूपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वाभाविक मान्न सकिँदैन । त्यसैले सत्य तथ्य छानबिनका लागि सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु’, अर्यालको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण