ओम प्रतीकको निर्देशनमा बन्यो ‘सिसा’
काठमाडौँ । सामाजिक कथामा धारावाहिक टेलिश्रृंखला ‘सिसा’ निर्माण भएको छ । शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण युनिटले टेलिश्रृखलाको विभिन्न जानकारी दिएको हो ।
ओम प्रतीकको निर्देशन रहेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८ः४५ नियमित प्रसारण हुनेछ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ ले उठाउने विषयवस्तु र निर्माण शैली बेग्लै रहेको निर्देशक ओम प्रतिकले बताए ।
‘सिसा’का कार्यकारी निर्माता शैलेन्द्र चौलागाईं , नेपाल नेटवर्क टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धिताल, शृङ्खला निर्देशक कुमार महर्जनले टेलिश्रृंखलाको विभिन्न पक्षबारे जानकारी दिएका थिए ।
टेलिश्रृखलामा निर्देशक प्रतीकसँगै नवीन श्रेष्ठ, अमिषा बस्नेत, अनुपमा भण्डारी, रवि कार्कीं, निक्स शर्मा, शुसिल देवकोटा लगायतको अभिनय रहेको छ ।
समाजका हरेक घटनाहरू सिसा जस्तै पारदर्शी किन हुँदैनन् ? भन्ने मुख्य प्रश्न यो टेलिश्रृंखलामा उठाइएको छ । डिएआर मुभिज एण्ड फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण गरिएको टेलिश्रृंखला सिसामा पटकथा तथा संवाद निर्देशक र शुसिल देवकोटाको रहेको छ भने सुरेश बज्राचार्यले यसको छायाङ्कन गरेका छन् ।
नवीन भट्टको सम्पादन रहेको टेलिश्रृंखलामा ब्याकराउण्ड स्कोर सम्राट थापा र कुमार महर्जनको थ्रील रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण