खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढी पहिरोका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन् । उनको निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिएका छन् । प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पुर्याएको छ । केही घरसमेत बगाएको छ ।
गृहमन्त्रीको निर्देशन पश्चात आजै इटहरीबाट पुलका सामान त्यसतर्फ पठाइ सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पूर्वतयारी स्वरुप त्यहाँ पुलका सामान भण्डारण गरिएकाले पूर्वका लागि इटहरीबाट व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।
दुई वर्षअघि जस्तै मनसुनको सुरुआती समयमै मेलम्चीलगायत विभिन्न जिल्लामा एकैपटक हानेको र त्यही ट्रेन अहिले पनि देखिएको उनले बताए । पूर्वमा आज र भोलि फेरि पानी पर्ने देखिएकाले अझै सतर्क हुनेपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार भोलि सोमबार लमजुङमा पनि पानी पर्ने देखिएको अलर्ट पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
-
फुटबलप्रेमी महान् साहित्यकारहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण