‘दर्पण छायाँ २’ कलाकार साहरा र फिरोजले गरे इन्गेजमेन्ट
मङ्गलबार, ०५ असार २०८०, १५ : २२
काठमाडौँ । अभिनेत्री साहरा कार्की र अभिनेता फिरोज तिमल्सिनाबीच इन्गेजमेन्ट भएको छ । दुवैले अमेरिकामा औंठी साटासाट गर्दै इन्गेजमेन्ट गरेका हुन् ।
दुवैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै इन्गेजमेन्टको जानकारी दिएका छन् ।
तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट दुवैले अभिनयमा डेब्यु गरेका थिए । फिल्म अभिनय सिलसिलामा उनीहरुबीच प्रेम टुसाएको थियो । फिल्ममा साहराको जोडी अभिनेता पुष्प खड्का थिए, भने फिरोज उनीहरुको घनिष्ट साथीको भूमिका निर्वाह गरेका थिए ।
साहराले ‘दर्पण छायाँ २’पछि कुनै फिल्म अभिनय गरेकी छैनन्, भने फिरोज ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टर भए काम गरेका छन् । फिरोज र साहराले ‘मेरी प्रिया’ र ‘किन’ गीतको भिडियोमा पनि एकसाथ अभिनय गरेका छन् । विवाहको मिति भने तय नभएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण