शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हिटको पर्खाइमा नम्रता

बिहीबार, ०७ असार २०८०, १२ : ५१
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । अभिनेत्री नम्रता सापकोटाको अहिलेसम्म एक पनि फिल्म हिट भएको छैन । तर पनि कामको कमी भने छैन उनलाई । चर्चा पनि उनको राम्रै छ ।

विवाह नगरी बच्चा जन्माउनेदेखि नेपाली फिल्ममा नेपोटिज्म र ग्रुपिज्म व्याप्त रहेको छ भन्ने अभिव्यक्तिका कारण समेत उनी मिडियामा छाइरहन्छिन् ।

‘अन्तराल’बाट फिल्म डेब्यू गरेकी नम्रताको अभिनय करियर भने मध्यम छ । झन्डै एक दर्जन फिल्ममा काम गरिसकेकी उनका हिट फिल्म एक पनि छैन ।

अभिनयमा समेत राम्रो मानिने उनी म्युजिक भिडियोको पनि रोजाइकी मोडल हुन् । फिल्म हिट नभए पनि म्युजिक भिडियो र फिल्मले उनी कहिल्यै फुर्सदमा बस्नु परेको भने छैन ।

गतवर्ष उनी अभिनीत फिल्म ‘डेसान’ आएको थियो । यो फिल्म व्यावसायिक हिट हुने उनको अपेक्षा थियो । तर त्यो हुन सकेन ।

यो वर्षको उनको फिल्म ‘नम्बरी सुन’ आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउदैछ । यो फिल्म सफल हुनुपर्ने उनलाई दबाब छ । किनभने पहिलो फिल्मदेखि अहिलेसम्मको असफलताले उनको करिअरलाई सकसपूर्ण बनाएको छ । ‘नम्बरी सुन’ले व्यावसायिक सफलता हासिल गरेको खण्डमा उनलाई ठुलो राहत मिल्नेछ ।

‘नम्बरी सुनको’ राजु गिरीले निर्देशन गरेको फिल्म हो । नेपालको सुनको इतिहासको विषयमा बनेको यो नम्रताको अलवा गौरव पहारी, बुद्धि तामाङ लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप