मोदीले जिल बाइडेनलाई उपहारमा दिए प्रयोगशालामा बनेको हिरा

अमेरिकाको तीन दिने भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँकी प्रथम महिला जिल बाइडेनलाई प्रयोगशालामा बनेको हीरा उपहार दिएका छन् । यो पर्यावरण अनुकूल हीरा ७.५ क्यारेटको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले बुधवार राती ह्वाइट हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रात्रि भोजको आयोजना गरेका थिए । यस क्रममा तीनजनाबीच धेरै विषयमा छलफल भयो र उपहार आदानप्रदान पनि भएको थियो ।
केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो हीराको तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘भारतको हीरा । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाकी प्रथम महिलालाई पर्यावरणमैत्री तथा प्रयोगशालामा बनेको यो सुन्दर हीरा उपहार दिएका छन् ।’
यो हीरा वातावरणमैत्री भएकाले यसलाई बनाउन सौर्य र वायु ऊर्जाको प्रयोग गरिएको छ ।
प्रधानमंत्री नरेंद्र मोदी ने अमेरिका की फर्स्ट लेडी डॉ. जिल बाइडेन को प्रयोगशाला में विकसित 7.5 कैरेट का ग्रीन डायमंड उपहार में दिया। pic.twitter.com/dhXBd8l0Ky
— ANI_HindiNews (@AHindinews) June 22, 2023
यो हीरा बनाउने क्रममा प्रति क्यारेट ०.०२८ ग्राम मात्रै कार्बन उत्सर्जन हुन्छ । यो अन्तर्राष्ट्रिय जेमोलोजिकल इन्स्टिच्युट (आइजीआई) द्वारा प्रमाणित पनि छ ।
भारतले लामो समयदेखि प्रयोगशालामा उत्पादन हुने हीराको प्रचार गर्दै आएको छ । यसका लागि केन्द्र सरकारले गत बजेटमा केही घोषणा पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प
-
‘ओलम्पिकमा नेपाल’ को विमोचन
-
सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी