मोदीले जिल बाइडेनलाई उपहारमा दिए प्रयोगशालामा बनेको हिरा
अमेरिकाको तीन दिने भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँकी प्रथम महिला जिल बाइडेनलाई प्रयोगशालामा बनेको हीरा उपहार दिएका छन् । यो पर्यावरण अनुकूल हीरा ७.५ क्यारेटको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले बुधवार राती ह्वाइट हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रात्रि भोजको आयोजना गरेका थिए । यस क्रममा तीनजनाबीच धेरै विषयमा छलफल भयो र उपहार आदानप्रदान पनि भएको थियो ।
केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो हीराको तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘भारतको हीरा । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाकी प्रथम महिलालाई पर्यावरणमैत्री तथा प्रयोगशालामा बनेको यो सुन्दर हीरा उपहार दिएका छन् ।’
यो हीरा वातावरणमैत्री भएकाले यसलाई बनाउन सौर्य र वायु ऊर्जाको प्रयोग गरिएको छ ।
प्रधानमंत्री नरेंद्र मोदी ने अमेरिका की फर्स्ट लेडी डॉ. जिल बाइडेन को प्रयोगशाला में विकसित 7.5 कैरेट का ग्रीन डायमंड उपहार में दिया। pic.twitter.com/dhXBd8l0Ky
— ANI_HindiNews (@AHindinews) June 22, 2023
यो हीरा बनाउने क्रममा प्रति क्यारेट ०.०२८ ग्राम मात्रै कार्बन उत्सर्जन हुन्छ । यो अन्तर्राष्ट्रिय जेमोलोजिकल इन्स्टिच्युट (आइजीआई) द्वारा प्रमाणित पनि छ ।
भारतले लामो समयदेखि प्रयोगशालामा उत्पादन हुने हीराको प्रचार गर्दै आएको छ । यसका लागि केन्द्र सरकारले गत बजेटमा केही घोषणा पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण