फोलिड्रम र काठमाडौँ गेस्ट हाउसबीच सहकार्य
बिहीबार, ०७ असार २०८०, १९ : २८

काठमाडौँ । फोलिड्रमले नेपाल भ्रमणका निम्ति आउने पर्यटकहरूका लागि आकर्षक अफर ल्याएको छ। काठमाडौँ गेस्ट हाउस सँगको सहकार्यमा फोलिड्रमले यो आकर्षक अफर ल्याएको हो ।
यो साझेदारीबाट विदेशमा रहेका नेपाली तथा नेपाल घुम्न आउने तथा कपाल प्रत्यारोपण गर्न इच्छुक नागरिकहरूले लाभ उठाउन सक्ने बताइएको छ ।
अत्याधुनिक कपाल प्रत्यारोपणको प्रविधि डिरेक्ट हेयर ट्रान्सप्लान्टको लागि प्रख्यात फोलिड्रमले गुणस्तरीय पूर्वाधार तथा उच्च गुणस्तरका उपकरणहरूको प्रयोग गरी कपाल प्रत्यारोपण गर्नुका साथै सो प्रक्रिया पछिको हेरचाहमा विशेष ध्यान पुर्याउने गरेको जनाइएको छ ।
हालसम्म ४५ भन्दा बढी देशबाट २५ हजारभन्दा बढीको सङ्ख्यामा कपाल प्रत्यारोपण गरिसकेको फोलिड्रमले प्रत्यारोपणमा सत् प्रतिशत सफलता दर प्राप्त गर्न सफल भएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा