नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो विकेट खस्यो
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराए । कुशलले ४२ बलको सामना गरी दुई चौका हिर्काएका थिए ।
त्यसअघि नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण