मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
मुक्तक

चार मुक्तक

शनिबार, ०९ असार २०८०, १४ : ५५
शनिबार, ०९ असार २०८०


केही गुनासो छैन आफ्नै मनको उजुरीसँग
चल्नै पर्ने रहेछ आखिर समयको हुरीसँग
सानो आँगन पनि टाढा हुन्छ बिर्सिने हो भने
कुनै सम्बन्ध हुँदैन यहाँ मायाको दुरीसँग ।


सबैलाई हुन्छ आफ्नो आफ्नो पिर जिन्दगीको
कति फरक पार्छ समयले तस्बिर जिन्दगीको
अजम्बरी छु जस्तै व्यवहार गर्दा रहेछन् मान्छेहरू
कसैले फुइँ नलगाए हुन्छ अस्थिर जिन्दगीको ।


के तुलना गर्नुहुन्छ खै फुललाई झारसँग
बस्न कहिल्यै सक्नु भएन हजुर प्यारसँग
खुसी  खोज्न मान्छेहरू पुग्छन् कहाँ कहाँ
जिन्दगीको खुसी मिल्छ घर परिवारसँग

                                       
                 ४
कोही नामका पछाडि छन्
कोही दामका पछाडि छन्
जो आफूलाई महान् ठान्छन्
तिनै बेइमानका पछाडि छन्

बाग्लुङ्ग, हालः लण्डन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नीलमकुमार पौड्याल
नीलमकुमार पौड्याल
लेखकबाट थप