मुक्तक
चार मुक्तक
शनिबार, ०९ असार २०८०, १४ : ५५
१
केही गुनासो छैन आफ्नै मनको उजुरीसँग
चल्नै पर्ने रहेछ आखिर समयको हुरीसँग
सानो आँगन पनि टाढा हुन्छ बिर्सिने हो भने
कुनै सम्बन्ध हुँदैन यहाँ मायाको दुरीसँग ।
२
सबैलाई हुन्छ आफ्नो आफ्नो पिर जिन्दगीको
कति फरक पार्छ समयले तस्बिर जिन्दगीको
अजम्बरी छु जस्तै व्यवहार गर्दा रहेछन् मान्छेहरू
कसैले फुइँ नलगाए हुन्छ अस्थिर जिन्दगीको ।
३
के तुलना गर्नुहुन्छ खै फुललाई झारसँग
बस्न कहिल्यै सक्नु भएन हजुर प्यारसँग
खुसी खोज्न मान्छेहरू पुग्छन् कहाँ कहाँ
जिन्दगीको खुसी मिल्छ घर परिवारसँग
४
कोही नामका पछाडि छन्
कोही दामका पछाडि छन्
जो आफूलाई महान् ठान्छन्
तिनै बेइमानका पछाडि छन्
बाग्लुङ्ग, हालः लण्डन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण