इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्डमा सृष्टि र जोया
काठमाडौं । दुबईमा आयोजना हुने ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट प्रतियोगीका रुपमा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी सहभागी हुने भएका छन् ।
अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन विधाका लागि फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुने भएकी छिन् ।
असार २० (५ जुलाई)मा आयोजना हुने उक्त अवार्डमा नेपाली टोली ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जनबढी देशका प्रतिनिधिको सहभागीता रहनेछ ।
ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’को बिभिन्न बिधामा नेपालको प्रतिनिधित्व हुन नेपालको लागि गौरवको बिषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण