प्रधानमन्त्री मोदीलाई इजिप्टको सर्वोच्च सम्मान
सोमबार, ११ असार २०८०, ०६ : ५९

कायरो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल-सिसीले यो सम्मान प्रदान गरेका हुन् । यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो।
सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ। पीएम मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ 'अर्डर अफ द नाइल' स्वीकार गर्दछु। म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु। यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो। यसले स्नेह देखाउँछ।’ प्रधानमन्त्री मोदीले अरबी र अंग्रेजी दुवै भाषामा ट्वीट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व हिनामिना प्रकरण : फरार यातायातका पाँच जना पूर्वकर्मचारी पक्राउ
-
तस्बिरमा हेर्नुस् माओवादीको मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण
-
भुक्तानी नहुँदा बागलुङका दर्जनौँ आयोजना अलपत्र
-
प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि...
-
कालीगण्डकी कोरिडोर : बेगखोला-नागढुङ्गा खण्डको काम लयमा फर्कियो
-
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर