पटक पटक अवरुद्ध भएको बागमती प्रदेशसभा बैठक सुरु
हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध रहेको बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । मंगलबार अपरान्न ४ बजेबाट एमाले र राप्रपाको अवरोधका कारण बस्न नसकेको बैठक सरकारसंगको समान्य सहमतिपछि सुरु भएको हो ।
बजेटमाथि असन्तुष्टि राख्दै संसदमा अवरोध गरेको एमाले र राप्रपाले सरकारसँग आफ्ना मागहरु राख्न संसद सञ्चालनको सहमति गरेको जनाइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलकाअनुसार सरकार समक्ष प्रमुख प्रतिपक्ष दल सहित अन्य विप्षी दलहरुको आ–आफ्नो माग र भनाई राख्न सदन सञ्चालनको सहमति भएको हो ।
बैठकमा एमालेसहित राप्रपा र नेमकिपाका संसदीय दलका नेताले आ–आफ्नो धारणा राख्ने उनले बताए । दलका नेताको सम्बोधनलगत्तै बैठक स्थगित गरिने उनको भनाई छ । सरकारले गरेको बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण