शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

पटक पटक अवरुद्ध भएको बागमती प्रदेशसभा बैठक सुरु

बुधबार, १३ असार २०८०, १७ : ३३
बुधबार, १३ असार २०८०

हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध रहेको बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । मंगलबार अपरान्न ४ बजेबाट एमाले र राप्रपाको अवरोधका कारण बस्न नसकेको बैठक सरकारसंगको समान्य सहमतिपछि सुरु भएको हो ।

बजेटमाथि असन्तुष्टि राख्दै संसदमा अवरोध गरेको एमाले र राप्रपाले सरकारसँग आफ्ना मागहरु राख्न संसद सञ्चालनको सहमति गरेको जनाइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलकाअनुसार सरकार समक्ष प्रमुख प्रतिपक्ष दल सहित अन्य विप्षी दलहरुको आ–आफ्नो माग र भनाई राख्न सदन सञ्चालनको सहमति भएको हो ।

बैठकमा एमालेसहित राप्रपा र नेमकिपाका संसदीय दलका नेताले आ–आफ्नो धारणा राख्ने उनले बताए । दलका नेताको सम्बोधनलगत्तै बैठक स्थगित गरिने उनको भनाई छ । सरकारले गरेको बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने उनको भनाई छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप