स्रष्टा दुर्गादेवी नेपालको निधन
बुधबार, १३ असार २०८०, १७ : ३५
काठमाडौँ । नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको मंगलबार साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उनकी छोरी इन्दिरा प्रसाईँले मुखाग्नि (दागबत्ती) दिएकी थिइन् ।
दुर्गादेवी नेपालको आत्मकथा 'बगेको खोला' र कवितासङ्ग्रह 'उनैको माया' प्रकाशित कृति हुन् । 'बगेको खोला' उनले २०६४ सालमा अमेरिका बसाइका क्रममा लेखेकी थिइन् । सोही ग्रन्थले ‘गोधूलि पुरस्कार' प्राप्त गरेको थियो । '
नइ प्रकाशनले २०६६ सालमा स्रष्टा दुर्गादेवी नेपाल र उनका पति गणेशप्रसाद शर्माका नाउँमा पुरस्कारको स्थापना गरेको थियो । एक लाख रुपैयाँ राशिको 'नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार' नेपालबाहिरका नेपाली भाषासाहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण