ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
सारांश
- महोत्तरीको एकडारा गाउँपालिकाबाट सशस्त्र प्रहरीले फल्स बटम बनाएको ट्रकबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
- नियन्त्रणमा लिइएका मकवानपुरका साधुराम थिङ र विपस नेगी ट्रकका मालिक र चालक हुन् ।
- प्रहरीले ट्रक रोक्न खोज्दा भागेपछि करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिई जाँच गर्दा गाँजा फेला परेको थियो ।
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएकाहरूमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय विपस नेगी छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन् । उक्त टोलीले धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्बरको ट्रकलाई रोक्न खोज्दा नरोकी तीव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।
सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शङ्कास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याबिनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्दल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो ।
साथै उनीहरूको साथबाट नेपाली रुपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोबाइल थान २ थान तथा ट्रक र मोटरसाइकलको ब्लुबुक समेत फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण