इद पर्वले आपसमा मित्रता, भ्रातृत्व र एकता बढाउँछ : पूर्व प्रधानमन्त्री खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बकर इद पर्वले इस्लाम समुदायमा आपसमा मित्रता, भ्रातृत्व र एकता बढाएको बताएका छन् ।
आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) को अवसरमा शुभकामना दिँदै उनले सम्पूर्ण नेपाली इस्लाम समुदायका दाजुभाइहरू तथा दिदीबहिनीहरूमा राष्ट्रिय एकता, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ-' बकर इद पर्वलाई इस्लाम समुदायमा सामूहिक रूपमा भेला भई प्रार्थना गर्दै मेलमिलापका साथ खुसी साट्दै हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले इस्लाम समुदायमा आपसमा मित्रता, भ्रातृत्व र एकता बढाउँछ । वास्तवमा यो पर्वले पनि विविधतामा आधारित नेपाली मात्रको राष्ट्रिय एकता, आस्थागत सहिष्णुतालाई प्रवर्धन गर्न ठुलो मदत गर्दछ ।'
नेता खनालले शुभकामना सन्देशमा राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको बाटोमा दृढता पूर्वक अघि बढ्न पनि आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण