यस्तो छ फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’
काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लुङा’को ‘अल्लारे जोवन’ गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसिंह राई र अभिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ ।
किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् ।
प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह–निर्माता रहेको फिल्मको निर्माणमा भूमि प्रोडक्सनले इस्टन मिडियासँगको सहकार्य गरेको हो ।
‘लुङा’मा किरण राईको छायांकन तथा सम्पादन, भुवनसिंह राईको लेखन रहेको फिल्मको पटकथा तथा संवाद प्रयास घिमिरे, निश्चल सापकोटा र भुवन स्वयंले मिलेर लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण