यो हो सर्वाधिक महँगो गाई, मूल्य ५६ करोड रुपैयाँ
साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना–१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४.३ मिलियन डलर (५६ करोड रुपैयाँ बढी) तोकिएको छ ।
गाईको एक तिहाइ स्वामित्व हालै ब्राजिलको अरान्डुमा भएको लिलामीमा १.४४ मिलियन डलरमा बेचिएको छ । यो गाईलाई गत वर्ष नै संसारको सबैभन्दा महँगो गाईको नाम दिइएको थियो । त्यति बेला यसको आधा स्वामित्व लगभग ८ लाख डलरमा लिलामी गरिएको थियो । त्यस बेला पनि यो ऐतिहासिक मूल्य नै थियो । यो रेकर्ड ब्रेक गर्ने कारोबारले नरोल जातको गाईबस्तुको उच्च मागको सङ्केत गर्दछ ।
नरोल जातको गाई भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको नामबाट नामकरण गरिएको हो । यसको निकै उत्कृष्ट मेटाबोलिजम हुन्छ । निकै कम खानामा पनि यो बाँच्न सक्छ । यसको छाला असाध्यै बलियो र बाक्लो हुने भएकोले सङ्क्रमणबाट पनि सजिलै जोगिन सक्छ । यसको छालामा किराहरूले टोक्न सक्दैनन् । यसको प्रजनन पनि निकै सजिलै हुन्छ । यो जातको गाईको शारीरिक बनावट प्रजननको हिसाबले निकै राम्रो छ । यसको बाछो हुर्काउन मानिसको खासै सहयोग चाहिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण