शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिमाथि संयुक्त सुझाव दिने तयारीमा निजी क्षेत्र

सोमबार, १८ असार २०८०, ११ : ३४
सोमबार, १८ असार २०८०

काठमाडौँ । निजी क्षेत्रका छाता संगठनहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि संयुक्त सुझाव दिने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको विषयमा संयुक्त सुझाव दिने भएका हुन् । अघिल्ला आर्थिक वर्षमा निजी क्षेत्रका छाता संगठनले आ–आफ्नै सुझाव दिँदै आएका थिए । यसरी संस्थापिच्छे दिने अधिकांश सुझाव मेल खाँदैनथ्यो । र, संस्थापिच्छे फरक फरक सुझाव आउँदा केन्द्रीय बैंकलाई समेत समेट्न मुस्किल पर्थ्यो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा रहेको केन्द्रीय बैंकलाई यसपटक भने संयुक्त सुझाव दिन लागेको महासंघका बैंक, वित्तीय तथा बीमा समितिका उपसभापति कुश मल्लीले बताए । ‘यसअघि प्रत्येक संस्थाले फरक–फरक सुझाव दिन्थे,’ मल्लीले रातोपाटीसँग भने, ‘आगामी वर्षको मौद्रिक नीतिमा भने संयुक्त सुझाव दिने तयारी भइरहेको छ । यसैका लागि आज छाता संगठनको संयुक्त बैठक छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप