मौद्रिक नीतिमाथि संयुक्त सुझाव दिने तयारीमा निजी क्षेत्र
काठमाडौँ । निजी क्षेत्रका छाता संगठनहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि संयुक्त सुझाव दिने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको विषयमा संयुक्त सुझाव दिने भएका हुन् । अघिल्ला आर्थिक वर्षमा निजी क्षेत्रका छाता संगठनले आ–आफ्नै सुझाव दिँदै आएका थिए । यसरी संस्थापिच्छे दिने अधिकांश सुझाव मेल खाँदैनथ्यो । र, संस्थापिच्छे फरक फरक सुझाव आउँदा केन्द्रीय बैंकलाई समेत समेट्न मुस्किल पर्थ्यो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा रहेको केन्द्रीय बैंकलाई यसपटक भने संयुक्त सुझाव दिन लागेको महासंघका बैंक, वित्तीय तथा बीमा समितिका उपसभापति कुश मल्लीले बताए । ‘यसअघि प्रत्येक संस्थाले फरक–फरक सुझाव दिन्थे,’ मल्लीले रातोपाटीसँग भने, ‘आगामी वर्षको मौद्रिक नीतिमा भने संयुक्त सुझाव दिने तयारी भइरहेको छ । यसैका लागि आज छाता संगठनको संयुक्त बैठक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण