महिला मन्त्रालयको बजेट बढाऔँ : सांसद बेल्वासे
सोमबार, १८ असार २०८०, १५ : ३०
काठमाडौँ । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताएकी छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा वृद्धि गर्नुपर्ने बताएकी हुन् । सबै मन्त्रालयमा आफू मातहतका संस्थाहरु संरक्षण गर्नेगरी मात्रै बजेट आएको उनको भनाई छ ।
सांसद बेल्वासेले मानव विकासका लागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी देशलाई खेलाडीहरुले विश्वमाझ चिनाइरहेको भन्दै खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन् ।
राष्ट्रियसभा सदस्य बेल्बासेले बनमा रहेका जडिबुटीलाई निकालेर प्रशोधन गरी विदेशी मुद्रा आर्जनको साधन बनाउनुपर्ने बताइन् । उनले देशभित्र सञ्चालन भएका उद्योगहरुलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण