राजश्व ऋणात्मक, पोहोरकोभन्दा एक अर्ब कम
काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ । हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो ।
महत्वाकांक्षी लक्ष्य राखेको कारण सरकारले राजस्व संकलनको लक्ष्य प्राप्ति गर्न चुकेको मात्र होइन पोहोरको भन्दा राजस्व पनि करिब १ खर्ब कम संकलन गरेको छ ।
आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा ६१।३६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पोहोर असार १७ गतेसम्म ९ खर्ब ७३ अर्ब ६१ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा ८ खर्ब ६१ अर्ब रूपैयाँमा मात्र संकलन भएको छ ।
यसरी हेर्दा पोहोरको भन्दा १ खर्ब १२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो ।
घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुल लगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी आएको छ । कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको छ । यो सामाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अधिवेशन लम्बिँदा औषधि परामर्श परिषद्को बैठक अन्योलमा
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण