वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
बिहीबार, ११ असार २०८३, १७ : ०६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भएको 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३' प्रमाणीकरण गरेका छन्।
- नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम यो विधेयक प्रमाणीकरण गरिएको हो।
- सङ्घीय संसद् प्रतिनिधि सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि यो विधेयक राष्ट्रपति समक्ष पेस भएको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।
सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सो विधेयक बिहीबार प्रमाणीकरण भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
-
राष्ट्रिय धान दिवसमा ७५ लाख लिटर दही खपत हुने अनुमान
-
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण