शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

बुधबार, २० असार २०८०, १५ : १६
बुधबार, २० असार २०८०

काठमाडौँ । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् । 

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ । एमालेको अवरोधपछि केही समयका लागि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप