आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालेनको आक्रोश : प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लाग्यो

बिहीबार, २१ असार २०८०, २१ : ४२
बिहीबार, २१ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् । मेयर शाहले प्रचण्ड भन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताए ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र सांसदहरुमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आक्रोश पोखेका हुन् ।

शाहले देश भारतीय गुलामहरुले चलाइरहेको आरोप समेत लगाएका छन् । उनले प्रश्न गरेका छन्– भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’ 
यस्तो छ मेयर शाहको स्टाटस् :

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप