मल अभाव हुन नदिन कर्णालीका कृषि मन्त्री शर्माको निर्देशन
सुर्खेत । कर्णालीका कृषि मन्त्री भीम प्रकाश शर्माले किसानलाई मल अभाव हुन नदिने गरी काम गर्न निर्देशन दिएका छन् । वीरेन्द्रनगरको गोदाम लाइनमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमै पुगेर शर्माले मल अभाव हुन नदिने गरी कम्पनीले काम गर्नुपर्ने बताए ।
शर्माले कर्णालीमा मल अभाव छ भन्ने समाचारहरू सुन्न नपाइयोस् भन्दै कम्पनीलाई मल सहज रूपमा किसानसम्म पु¥याउन निर्देशन दिए ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख अमूल्य श्रेष्ठले कर्णालीमा यो पटक मल अभाव नभएको बताए । मल नियमित आयात भइरहेको उनको भनाइ छ ।
यो कार्यालयले साबिक कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मुगु बाहेक सबै जिल्लामा मल पठाउने गर्दछ । श्रेष्ठले युरिया मल १४ सय टन गइसकेको बताए । अन्य मलहरुपनि आवश्यक अनुसार अभाव हुन नदिने गरी जिल्लाहरुमा पठाइएको उनको भनाइ छ । ‘अझै युरिया डेढ सय टन गोदाममा छ,’ उनले भने,‘ यही महिनाभित्र ६५ टन मल आउन बाँकी रहेको छ । साउन लागेपछि पुनः मल आउँछ ।’
श्रेष्ठले यो पटक कर्णालीमा मल अभाव हुन् नदिने रणनीतिका साथ आफू अग्रसर भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण