एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर गल्ती गर्यो : राजेन्द्र पाण्डे
काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।
‘यसको बारेमा त तपाईले अस्तीतिरै थाहा पाइसक्नुपर्ने हो । गठबन्धनबाट सरकारमा सामेल भएका सबै दलहरु बालुवाटारमा अस्तिनै बसेको बैठकमा उपस्थिति थियौं । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्दैन’ पाण्डेले भने, ‘एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नुपथ्र्यों । संसदमा माग गर्ने विषय हुन्थ्यो । राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन ।’
एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दावी थियो । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।
‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो’ उनले भने, ‘तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो । ’
एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण