सिट्रोनको ३४ वटा गाडी चोभार सुख्खा बन्दरगाहमा, पार्किङ र्याड महँगो हुँदा काठमाडौँ सिफ्ट
काठमाडौँ । पहिलो पटक चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सवारी साधन ल्याइएको छ । साँग्रिला मोटर्सले सी–थ्री मोडलका ३४ वटा पेट्रोलियम गाडी चोभार सुख्खा बन्दरगाहमा ल्याएको हो ।
यद्यपि, उक्त गाडीहरु सिधै चोभार नभएर वीरगन्ज भन्सार कार्यालयबाट सिफ्ट गरेर चोभार (काठमाडौँ) ल्याइएको कम्पनीले जनाएको छ ।
वीरगन्ज भन्सार कार्यालयको तुलनामा चोभार ड्राइपोर्ट भन्सारको पार्किङ र्याड सस्तो भएकाले र ग्राहकलाई छिटो गाडी उपलब्ध गराउन सकिने भएकाले गाडीहरु सिफ्ट गरेर काठमाडौँ ल्याइएको कम्पनीका मार्केटिङ प्रमुख किरण श्रेष्ठले रातोपाटीसँग बताए । पहिलो चरणमा कम्पनीले सी–थ्री मोडलका ३४ वटा पेट्रोल गाडी चोभार ल्याएको छ । यी गाडीहरु अब चोभारबाटै भन्सार जाँचपास हुनेछ ।
कम्पनीले छिट्टै विद्युतीय गाडी सी–थ्री समेत चोभार सुख्या बन्दरगाहमा नै ल्याउने र यहीँबाट जाँचपास गराउने तयारी गरेको कम्पनीका फाइनान्सियल डिपार्टका सन्दिप जैनले बताए । शोरुम नजिकै भएकाले पनि ग्राहकहरुलाई छिटो गाडी उपलब्ध गराउन सकिने हुँदा कम्पनी काठमाडौँमै भएको चोभार भन्सारमा केन्द्रित भएको जैनले बताए ।
विरगञ्जबाट गाडी जाँचपास गर्दा काठमाडौँसम्म आइपुग्न थप ३–४ दिन लाग्नेगर्छ ।
अर्कोतर्फ वीरगन्ज भन्सार कार्यालयको गाडी पार्किङ चार्ज ५०० रुपैयाँ रहेकोमा चोभार सुख्खा बन्दरगाहले २ सय रुपैयाँ प्रतिदिनमा नै पार्किङ ¥याड उपलब्ध गराएको छ । यसले पनि चोभारतर्फ व्यवसायीहरु आकर्षित भएको इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष गजुरेलले रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण