आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिट्रोनको ३४ वटा गाडी चोभार सुख्खा बन्दरगाहमा, पार्किङ र्‍याड महँगो हुँदा काठमाडौँ सिफ्ट

आइतबार, २४ असार २०८०, १४ : ४५
आइतबार, २४ असार २०८०

काठमाडौँ । पहिलो पटक चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सवारी साधन ल्याइएको छ । साँग्रिला मोटर्सले सी–थ्री मोडलका ३४ वटा पेट्रोलियम गाडी चोभार सुख्खा बन्दरगाहमा ल्याएको हो । 

यद्यपि, उक्त गाडीहरु सिधै चोभार नभएर वीरगन्ज भन्सार कार्यालयबाट सिफ्ट गरेर चोभार (काठमाडौँ) ल्याइएको कम्पनीले जनाएको छ । 

वीरगन्ज भन्सार कार्यालयको तुलनामा चोभार ड्राइपोर्ट भन्सारको पार्किङ र्याड सस्तो भएकाले र ग्राहकलाई छिटो गाडी उपलब्ध गराउन सकिने भएकाले गाडीहरु सिफ्ट गरेर काठमाडौँ ल्याइएको कम्पनीका मार्केटिङ प्रमुख किरण श्रेष्ठले रातोपाटीसँग बताए । पहिलो चरणमा कम्पनीले सी–थ्री मोडलका ३४ वटा पेट्रोल गाडी चोभार ल्याएको छ । यी गाडीहरु अब चोभारबाटै भन्सार जाँचपास हुनेछ । 

कम्पनीले छिट्टै विद्युतीय गाडी सी–थ्री समेत चोभार सुख्या बन्दरगाहमा नै ल्याउने र यहीँबाट जाँचपास गराउने तयारी गरेको कम्पनीका फाइनान्सियल डिपार्टका सन्दिप जैनले बताए । शोरुम नजिकै भएकाले पनि ग्राहकहरुलाई छिटो गाडी उपलब्ध गराउन सकिने हुँदा कम्पनी काठमाडौँमै भएको चोभार भन्सारमा केन्द्रित भएको जैनले बताए । 

विरगञ्जबाट गाडी जाँचपास गर्दा काठमाडौँसम्म आइपुग्न थप ३–४ दिन लाग्नेगर्छ । 

अर्कोतर्फ वीरगन्ज भन्सार कार्यालयको गाडी पार्किङ चार्ज ५०० रुपैयाँ रहेकोमा चोभार सुख्खा बन्दरगाहले २ सय रुपैयाँ प्रतिदिनमा नै पार्किङ ¥याड उपलब्ध गराएको छ । यसले पनि चोभारतर्फ व्यवसायीहरु आकर्षित भएको इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष गजुरेलले रातोपाटीसँग बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप