मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विपद् प्रभावित ४१ कृषकलाई साढे एक करोड रुपैयाँ राहत

बिहीबार, २८ असार २०८०, १२ : ४९
बिहीबार, २८ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षमा विपद् प्रभावित ४१ जना कृषकहरूलाई राहत रकम वितरण गरेको छ । नेपालमा नै पहिलो पटक प्रदेश सरकारलाई कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपद्बाट प्रभावित ४१ जना किसानलाई राहत रकम प्रदान गरेको हो ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आर्थिक वर्ष २०७९-०८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम ४१ जना कृषकहरूलाई १ करोड ५७ लाख ७५ हजार रुपैयाँ राहत रकम वितरण गरेको हो । राहत रकम वितरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्र मान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको बैठक गरेको निर्णय अनुसार कृषकहरूलाई राहत रकम वितरण गरेको हो ।

राहत रकम वितरणको लागि मन्त्रालयलाई २०७९ मङ्सिर २३ गते सार्वजनिक सूचना मार्फत विपद् प्रभावित किसानलाई निवेदन पेस गर्न आव्हान गरेको थियो । उक्त सार्वजनिक सूचनाको आधारमा प्रस्ताव पेस गरेका मध्ये ४१ जना कृषकहरूलाई राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीलाई जानकारी दिए ।

राहत रकम वितरणको लागि आर्थिक वर्ष २०७९-०८० मा मन्त्रालयलाई कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि,२०७९ स्वीकृत गरी राहत रकम वितरण गरेको सूचना अधिकारीलाई बताए । राहत रकम प्राप्त गर्नको लागि किसानलाई निवेदनको साथै विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित कृषि ज्ञान केन्द्र-भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, बीमा नगरेको प्रमाण, कुनै निकायबाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेस गर्नुपर्ने कार्यविधि उल्लेख छ ।

अधिकारीका अनुसार मन्त्रालयमा पेस भएको निवेदनलाई अध्ययन तथा निरीक्षण समितिलाई रकम सिफारिससहित राहत व्यवस्थापन तथा निर्देशन समितिमा पेस भएपश्चात् सो राहत रकम स्वीकृत गरिने छ ।

‘राहत वितरण कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयमा पहिला दर्ता हुने निवेदन उपर पहिलो कार्यवाही गर्ने गरिएको छ । सोही अनुसार ४१ जना कृषकलाई राहत रकम उपलब्ध गराइएको छ ।’ सूचना अधिकारी अधिकारलाई भने, ‘हाल मन्त्रालयमा ६ वटा नयाँ निवेदन दर्ता भएको र ११ वटा निवेदनको कागजात चेकजाँच सकेर निर्देशन समितिमा पेस हुने प्रक्रियामा रहेको छ ।’

चालु आर्थिक वर्षमा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने मन्त्रालयको योजना रहेको उनलाई बताए ।

उनका अनुसार राहत रकम प्राप्त गर्ने कृषकहरूमा काभ्रेको नोवल कृषि फर्म, धुलिखेल–३ लाई ५ लाख ७० हजार रुपैयाँ, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्म, चौरीदेउराली–३ लाई ३६ हजार रुपैयाँ, दाजुभाइ एकीकृत बहु उद्देश्य कृषि फार्म, पनौती–९ लाई ३५ हजार रुपैयाँ, गैरी गाउँ कृषि तथा पशुपन्छी फार्म, पनौती–५ लाई ८ लाख २० हजार रुपैयाँ, टिम भिजन एग्रिकल्चर  फार्म, पनौती–५ लाई १० लाख रुपैयाँ, श्रेष्ठ बङ्गुर फार्म, पनौती–१० लाई ९ लाख ६० हजार रुपैयाँ, उन्नति हाम्रो बङ्गुर फार्म, पनौती–१० लाई १० लाख रुपैयाँ, एस.एस. बङ्गुर माछा तथा कृषि फार्म, बनेपा–७ लाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको छ ।

यसैगरि चितवनको पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रा.लि, भरतपुर–६ लाई १० लाख रुपैयाँ, गोपी पशुपन्छी फर्म, इच्छाकामना–७ लाई १० लाख रुपैयाँ, गौशाला कृषि फर्म, खैरहनी–४ लाई ८ लाख ७० हजार रुपैयाँ, न्यु कर्माचार्य एकीकृत फर्म, खैरहनी–१ लाई १० लाख रुपैयाँ, सिमलढाप कृषि व्यावसायिक फर्म, इच्छाकामना–७ लाई २ लाख रुपैयाँ, श्री कुमार चेपाङ, इच्छाकामना–७ लाई २ लाख रुपैयाँ, गुरुङ्ग एकीकृत पशुपन्छी पालन तथा बङ्गुर फर्म, रत्ननगर–११ लाई एक लाख ४० हजार रुपैयाँ, पौडेल एकीकृत पशुपन्छी मत्स्य तथा कृषि फर्म, रत्ननगर–९ लाई ६ लाख २० हजार रुपैयाँ, सियाना महतो, रत्ननगर–३ लाई १० हजार रुपैयाँ, सुकदेव धरेल, राप्ती–६ लाई १० हजार रुपैयाँ, सावित्री कुमारी धरेल राप्ती–६ लाई ६ हजार १२० रुपैयाँ र दण्डपाडी दनै, राप्ती–६ लाई ११ हजार १६० रुपैयाँ राहत रकम उपलब्ध गराइएको सूचना अधिकारी अधिकारीलाई बताए ।

त्यसैगरी नुवाकोटको धादिङ कृषि फर्म ककनी–२ लाई ३ लाख ८० हजार रुपैयाँ, एस.आर. बङ्गुर तथा पशुपन्छी फर्म शिवपुरी–८ नुवाकोटलाई ७ लाख ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ भने पोकम कृषि बहुउद्देश्यीय प्रा.लि सुर्यविनायक–७ लाई १० लाख रुपैयाँ, त्रियोगा एग्रिकल्चर प्रा.लि गोदावरी–७ ललितपुरलाई १० लाख रुपैयाँ, सुनाखरी पशुपालन तथा अर्ग्यानिक तरकारी फार्म प्रा.ली महालक्ष्मी–८ लाई १० लाख रुपैयाँ, मंगली नेपाली, नीलकण्ठ–७ धादिङ लाई १० हजार रुपैयाँ, राम बहादुर रोक्का नीलकण्ठ–७ लाई ४० हजार रुपैयाँ, एस.एस. पशु रागा फर्म तथा माछापालन, गोलाञ्जोर–६ सिन्धुली लाई १ लाख ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।

त्यस्तै मकवानपुरको एलिना बङ्गुर फर्म, हेटौँडा–११ लाई ३ लाख ९० हजार रुपैयाँ, सिमलथली बाख्रा फर्म हेटौँडा–३ लाई १ लाख १३ हजार रुपैयाँ, कल्पना घिमिरे हेटौँडा–६ लाई १ लाख ३६ हजार ९२० रुपैयाँ, अम्बिका खतिवडा हेटौँडा–६ लाई १० हजार ८० रुपैयाँ, कृष्ण प्रसाद दंगाल हेटौँडा–६ लाई १० हजार ८० रुपैयाँ, किर्तिमान श्रेष्ठ हेटौँडा–६ लाई १७ हजार ६४० रुपैयाँ, प्रदीप थापा क्षेत्री हेटौँडा–१७ लाई ७५ हजार ६०० रुपैयाँ, एकीकृत बस्ताकोटी कृषि फर्म इन्द्रसरोवर ४५ हजार १६० रुपैयाँ, अनुस्थ नर्सरी तथा व्यावसायिक तरकारी फर्म हेटौँडा–६ लाई ३० हजार २४० रुपैयाँ, पुष्पराज पराजुली हेटौँडा–६ लाई १० हजार ८० राहत रकम उपलब्ध गराइएको छ ।

मन्त्रालयका अनुसार मान बहादुर तामाङ्ग भिमेश्वर–९ दोलखालाई १ लाख १० हजार रुपैयाँ तथा काठमाडौँ चन्द्रागिरी न.पा.–२ का सन्देश महर्जनलाई २८ हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।

मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०-०८१ को वार्षिक स्वीकृत कार्यक्रममा ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप