शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चिसो मान्छे डिशहोममा प्रदर्शन हुँदै

शुक्रबार, २९ असार २०८०, १८ : ०३
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्रदर्शन भइरहेको छ ।   

डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न “चिसो मान्छे” सकिने बताइएको छ । 

“चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन भइरहेको जनाइएको छ । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पाउन सकिने बताइएको छ । 

३ महिना अथवा रु एक हजार वा सोभन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सोभन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सोभन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट  पाउन सकिने जनाइएको छ । 

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुने बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप