खर्च भएको देखाउनकै लागि फाइभस्टार होटलमा आयोजना गर्ने कार्यक्रममा म आउँदिन : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा आफू उपस्थित नहुने बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरिमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
मन्त्री मोदीले कार्य सम्पादन प्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथा अन्तर्क्रियामा भने आफू उपस्थित हुने बताए । उनले भने, “सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तर्क्रियामा म आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक अन्तर्क्रियामा म आउँदिन ।”
खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाई थियो ।
वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, “वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ ।”
उनले मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान
-
माधव—प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू