युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
शनिबार, ०३ जेठ २०८२, ११ : १३
सारांश
- रुसी सेनाले युक्रेनमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई पक्राउ गरेकाे छ।
- ३३ वर्षीय ओस्कर जेनकिन्सलाई 'भाडाका सैनिक' को रूपमा लडेको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएकाे हाे ।
मस्को । रुससँगको युद्धमा युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली व्यक्तिलाई रुसी सेनाले पक्राउ गरेको छ। रुसी-नियुक्त अभियोजकहरूले अस्ट्रेलियाली पुरुषलाई १३ वर्षको जेल सजाय सुनाइएको बताए।
उनलाई रुसको उच्च सुरक्षा जेलमा राखिनेछ। ३३ वर्षीय ओस्कर जेनकिन्सलाई शुक्रबार रुसी नियन्त्रित अदालतले पूर्वी युक्रेनमा ‘भाडाका सैनिक’ को रूपमा लडेको आरोपमा दोषी ठहर गरेको छ।
जेनकिन्स मेलबर्नका एक शिक्षक हुन् जसलाई गत वर्ष डिसेम्बरमा लुहान्स्क क्षेत्रमा पक्राउ गरिएको थियो। जेनकिन्स फेब्रुअरी २०२४ मा युक्रेन आइपुगेका थिए।
रुसी सैनिकहरू विरुद्धको सैन्य कारबाहीमा भाग लिएबापत उनलाई हरेक महिना ६ लाखदेखि ८ लाख रुबलसम्म भुक्तानी गरिएको आरोप लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण