योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् ।
- उनले प्रदेश सरकारले सडक गुरुयोजना निर्माण गरी सडक क्षेत्रमा लगानी गर्ने जानकारी दिए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । आज धानखोला देउराली–हर्रे–चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।
उनले प्रदेश सडक गुरुयोजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए । परिणाम नदेखिने काममा सरकारले लगानी नगर्ने उल्लेख्य गर्दै आचार्यले साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेको बताए ।
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन् । अहिले तीमध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्नेगरी योजना अघि बढाइएको छ ।
धानखोला देउराली–हर्रे–चाक्ला मोटर बाटो सडकलाई बृहत् सडकको रूपमा प्राथमिकतामा राखिएको र सङ्घीय सरकारसँग समेत ती सडकमा बजेट विनियोजनका लागि पहल भइरहेको जानकारी उनले दिए ।
यसैबिच मुख्यमन्त्री आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पुल, तटबन्ध, सडक योजना तथा विद्यालय क्षेत्रको अनुगमन गरेका छन् ।
सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको रङ्गसिङ खोला पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ । छलफलमा बाढीले कटानको जोखिम बढाउने भएकाले तटबन्धको योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यस्तै विद्यालयमा कक्षाकोठा थप गर्नुपर्ने लगायत विषयमा पनि अनुगमन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण