‘बुलेट किङ्ग’ मिथिलेश
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । मिथिलेशप्रसाद सरार्फको रातोपुलस्थित वोर्कशपमा पुग्दा उनी हरियो रङको मोटरसाइकलको इन्जिन कस्दै थिए । बुलेट किङ्गका रूपमा परिचित सरार्फ बिरामी मोटरसाइकलका डाक्टर अर्थात मोटरसाइकल मेकानिक हुन् । विशेष गरी बुलेट मोटरसाइकलमा देखिने कुनै पनि समस्या सहजै पत्ता लगाउने र समाधान गर्न सक्ने भएकाले उनले यो उपनाम पाएका हुन् ।
‘काठमाडौँ मेरा लागि दोस्रो घर हो । सबै बुलेट राइडरहरुको विश्वासले आज यहाँसम्म पुगेको छु,’ उनी भन्छन्, ‘मेरो काम प्रतिको विश्वासले मलाइ अझै हौसला दिन्छ र यसले मलाई काम गर्न सजिलो पनि हुन्छ ।’
_VGAnDKblDU.jpg)
वीरगन्जमा जन्मिएका मिथिलेश आफ्नो बुवाको ग्यारेजमा सानै उमेर देखि काम गर्थे । मिथिलेशको बुवा पनि त्यो बेलाको वीरगन्जको बुलेट किङ्ग भनेर चिनिने हुँदो रहेछ। मिथिलेशको बुलेट प्रतिको लगाव पनि घरमा बुलेट ग्यारेज र घरमै बुवासँग दुई वटा बुलेट भएकाले जागेको रहेछ । उनी बुबासँगै ग्यारेजमा काम गर्थे । सानै उमेरमा नै उनी राम्रो मेकानिक भैसकेका थिए ।
_5lqgyUTH2p.jpg)
शिवशक्ति ग्यारेज भनेपछि मोटरसाइकल बनाउन पूर्वी लहान देखि चितवनसम्मका बुलेट राइडरहरु आउने गर्दथे । स्कुलबाहेकको समयमा मिथिलेशको बास ग्यारेजमै हुने गर्थ्यो । एसएलसी सकेर मिथिलेश वैदेशिक रोजगारको लागि मलेसिया पुगे । त्यहाँ उनले फलामको कम्पनीमा काम गरे । ३ वर्ष मलेसिया बसेर २०६२ साल तिर काठमाडौँ छिरेर कालोपुलमा हेल्पर मेकानिक भएर काम गर्ने थाले ।
त्यो बेलामा घरबाट बुलेट लिएर आएका थिए मिथिलेशले । ग्यारेजको साहु सँग सामान्य होन्डाको बाइक हुदा हेल्पर मेकानिक सँग बुलेट बाइक देखेर बाइक बनाउन मान्छेहरू अचम्म मान्थे । २ वर्ष कालोपुलमा काम गरेर मिथिलेशले काठमाडौँको मान्छेको बाइक प्रतिको रुची देखेर आफ्नै ग्यारेज खोल्ने निर्णय गरे। मुख्यता बुलेट नै हेर्ने भएकाले उनले २ वर्ष काम गर्दा बुलेट चढ्ने र बनाउन आउनेसँग राम्रो सम्बन्ध बनाइसकेका थिए र ग्यारेज पनि बुलेट बाइकलाई बढी प्राथमिकतामा राखेर काम गर्न थाले ।
_SmD70DpYDb.jpg)
काठमाडौँमा बुलेट चढ्नेहरूको पनि सङ्ख्या बिस्तारै बढ्दै थियो । बुलेट राइडरहरूको छुट्टाछुट्टै क्लबहरू पनि बन्न सुरु भएको थियो। नासा बुलेट क्लब, काठमाडौँ लेजेन्ड्स जस्ता अन्य क्लब हरू स्थापना भए । बुलेट बनाउन आउनेहरूसँगको सम्बन्धले गर्दा रातोपुलमा आफ्नै ग्यारेजमा काम गर्दै गर्दा नासा बुलेट क्लबबाट मिथिलेशलाई क्लबकै तीनकुने स्थित बुलेट वोर्कशपमा हेड मेकानिक भएर काम गर्ने अवसर आयो ।
_G9nso1qBYP.jpg)
त्यो अफरलाई स्विकार्दै अहिले उनले बुलेटको हेड मेकानिक भएर तिनकुनेमा काम गर्छन् । यता रातोपुलको ग्यारेजमा सहयोगी राखेर चलाइरहेका । तीनकुने स्थित वोर्कशपमा लगभग काठमाडौँको सबै बुलेट राइडरहरू आफ्नो बाइक बनाउन आउँछन् ।
_ufVLy3BxMO.jpg)
बुलेट प्रतिको मिथिलेशको खुबीले सबैको रोजाइमा मिथिलेश पर्छन् । मिथिलेशको काम गराइले बिस्तारै सबैले मन पराउदै गएपछि मिथिलेशलाई बुलेट किङ्ग भनेर चिनिन थाले । विभिन्न बुलेट क्लबहरुले वर्षेनी आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै राइडहरूको आयोजना गर्छन् । सबै राइडहरुमा मिथिलेशनै हेड मेकानिक भएर हिँड्ने गर्छन् । नेपाल बुलेट हाउसका संचालक रमेश कार्की भन्छन्, ‘हामी जति पनि राइडमा जान्छौँ, हाम्रो राइडमा मिथिलेश गएन भने राइड अधुरो पनि अपुरो पनि हुन्छ।’
_auGL3xjp3q.jpg)
क्लासिक लुक्समा सबैभन्दा मन पराइएको मोटरसाइकल मध्यको बाइक हो बुलेट । भारतीय कम्पनी रोयल इन्फिल्डबाट निर्मित मोटरसाइकल मध्यको सबैभन्दा सफल उत्पादन हो बुलेट ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण