गजल
सक्दिन म
शनिबार, ३० असार २०८०, १४ : २४
कैदी बन्न सक्दिन म तिम्रो नजरको
न त म हुँ चोक कुनै तिम्रो सहरको
जस्तो तस्तो आँखाभित्र अटाउँदिन आफू
ठेक्का लिएको छैन मैले तिम्रो अधरको
बस्ती भए बसिदिन्थेँ जहाँ थिएँ उहीँ
आफू परेँ डुल्ने हावा खुल्ला नगरको
पूर्णिमा झैँ कैलेकाहीँ झुल्किन नि सक्छु
नत्र म हुँ यात्री बादल नीलो सगरको ।
हालः लिसबोन, पोर्चुगल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण