मधेसका १ सय ३६ मध्ये ६१पालिकाले ल्याएनन् अझै बजेट
जनकपुरधाम । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरुले असार १० गते नै नगरसभा/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । तर, मधेस प्रदेशका अधिकांश स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । कतिपयले आन्तरिक विवादका कारण सभामा ल्याइसकेको बजेट पारित गर्न सकेको छैनन् ।
मधेस प्रदेशको आठ वटा जिल्लामा १ सय ३६ स्थानीय तह छन् । जसमध्ये ७५ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् भने ६१ स्थानीय तहले अझै बजेट नगरसभा/गाउँसभामा पेस गरेका छैनन् ।
असार १० गते नगरसभा/गाउँसभामा पेस गरेर असार २५ गतेभित्र पारित गरिसक्नुपर्नेमा असारमसान्तसम्म पनि ५६ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । सप्तरीका १८ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहले मात्र बजेट नगरसभा/गाउँसभा गरी बजेट पेस गरेका छन् ।
सिरहामा १७ वटा स्थानीय तह रहेकोमा १० वटा स्थानीय तहले बजेट ल्याएपनि असार २५ गतेभित्र ८ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । जिल्लाका विष्णुपुर तथा भगवानपुर गाउँपालिकाले गाउँसभामा समयमै बजेट पेस गरेपनि अझै पारित गर्न सकेको छैनन् ।
अबको एक दुई दिनभित्रै गाउँसभाबाट पारित गरिसक्ने सिरहा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।‘असारमसान्त थियो, अलिक बढी नै व्यस्तता भयो । त्यसैले, पारित गर्न सकिएन,’ अध्यक्ष यादव भन्छन्, ‘असारकै मिति राखेर अबको एक दुई दिनभित्रै बजेट पारित गरिहाल्ने हो।’
अध्यक्षजी काठमाडौं जानुभएको छ । त्यसैले, बजेट पारित हुन नसकेको भगवानपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी यादवले बताईन् । उनका अनुसार गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव काठमाडौंबाट फर्केपछि बजेट पारित हुनेछ ।
यस्तै, धनुषामा नौ वटा पालिकाले समयमै सभा गरेपनि हालसम्म तीन वटा स्थानीय तहले मात्रै बजेट पारित गरेका छन् । योजनाहरुको पेमेन्ट बाँकी थियो । त्यसैले, हतारमा बजेट स्वीकृत गर्न नसकेको बताउँदै बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो भन्छन्, ‘अब पास गरिहाल्ने हो ।’
बटेश्वर गाउँपालिकाले पनि असार २५ गतेकै मितिमा सभा सदस्यहरुसँग हस्ताक्षर गराएर बजेट पारित गर्ने अध्यक्ष महतोको योजना छ । उता, महोत्तरीमा १५ वटा स्थानीय तह रहेकोमा१३ वटाले पेस गरेकोमा हालसम्म पारित भने ९ वटा पालिकाले मात्रै गर्न सकेका छन् ।
सर्लाहीमा २० वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले पेस गरेपनि ११ वटाले मात्रै बजेट पारित गरेका छन् । रौतहटमा १८ वटा स्थानीय तह रहेकोमा ९ वटाले पेस गरेपनि हालसम्म ७ वटा स्थानीय तहले मात्रै बजेट पारित गरेका छन् ।
त्यसैगरी, बारामा १६ वटा स्थानीय तहमध्ये ९ वटाले बजेट सभामा पेस गरेका छन् । यस्तै, पर्सामा १४ वटा स्थानीय तहमा ५ वटाले मात्र पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाईटमा प्रविष्ट गरिएको तथ्यांकमा देखिन्छ ।
स्थानीय तहको जनप्रतिनिधिहरुसँग बुझ्दा सभामा कतिपय स्थानीय तहले बजेट पेस गरेपनि, कतिको आन्तरिक विवाद र कतिको असार मसान्तमा योजना भुक्तानीको व्यस्ताले गर्दा सभाबाट बजेट पारित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण