आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी

सोमबार, २९ वैशाख २०८२, ०१ : २३
सोमबार, २९ वैशाख २०८२

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी, म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हार्दा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । आइतबार राति भएका खेलमा चेल्सी न्यूक्यासल युनाइटेडसँग २-० ले हार्‍यो । यो जितले चेल्सी पाँचौ स्थानमा धकेलिंदा न्यूक्यासल तेस्रो स्थानमा पुगेको छ । 

यस्तै, अर्को खेलमा म्यान्चेस्टर युनाइटेडलाई वेष्टह्याम युनाइटेडले २-० गोल अन्तरले नै हरायो । टोटनह्याम हट्स्पर समेत क्रिष्टल प्यालेसँग २-० ले नै हार्न पुग्यो । संयोगले आइतबार राति भएका दुई खेल २-२ को बराबरीमा टुंगिए । 

नटिङघम र लेस्टर सिटी तथा लिभरपुल र आर्सनलबीचका खेल २-२ को बराबरीमा टुंगिएका हुन् । प्रिमियर लिगको उपाधि लिभरपुलले जितिसक्दा दोस्रो र तेस्रो हुने तथा घटुवा हुने टोलीको टुंगो लाग्न बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप