रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
सोमबार, २९ वैशाख २०८२, ०१ : २३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी, म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हार्दा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । आइतबार राति भएका खेलमा चेल्सी न्यूक्यासल युनाइटेडसँग २-० ले हार्यो । यो जितले चेल्सी पाँचौ स्थानमा धकेलिंदा न्यूक्यासल तेस्रो स्थानमा पुगेको छ ।
यस्तै, अर्को खेलमा म्यान्चेस्टर युनाइटेडलाई वेष्टह्याम युनाइटेडले २-० गोल अन्तरले नै हरायो । टोटनह्याम हट्स्पर समेत क्रिष्टल प्यालेसँग २-० ले नै हार्न पुग्यो । संयोगले आइतबार राति भएका दुई खेल २-२ को बराबरीमा टुंगिए ।
नटिङघम र लेस्टर सिटी तथा लिभरपुल र आर्सनलबीचका खेल २-२ को बराबरीमा टुंगिएका हुन् । प्रिमियर लिगको उपाधि लिभरपुलले जितिसक्दा दोस्रो र तेस्रो हुने तथा घटुवा हुने टोलीको टुंगो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण