गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
सोमबार, २९ वैशाख २०८२, ०१ : ४९
काठमाडौं । गायिका एवं कम्पोजर लक्ष्मी हमालले पारिपारिक परिवेश बोकेको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी छन् । केही समयअघि फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी उनले अहिले फरक धारको मर्मस्पर्सी ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी हुन् ।
आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको म्युजिक भिडियोमा पलाँसलगायत नेपाली चलचित्रमा अभिनय गरिसकेका आयुव केसी र गायिका एवं संगीतकार लक्ष्मी स्वयं फिचर्ड छन् । म्युनिक भिडियोको स्टोरी, डाइरेक्सन तथा सम्पादन युवराज खत्रीले गरेका छन् भने छायाँकार सुजन श्रेष्ठ हुन् ।
अडियोमा शब्द, संगीत र फिमेल भोकल लक्ष्मी आफ्नै रहेको छ भने मेल भोकल विमाल स्याङ्तानले दिएका छन् । अकोष्टिक नेपालले रेकर्ड गरेको अडियोको एरेन्ज साहस शाक्यले गरेका हुन् भने मिक्स एवं मास्टरिङ प्रकाश मिश्राले गरेका छन् ।
म्युजिक भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण