अमेरिकी सेनाको लाखौँ इमेल एउटा सानो गल्तीका कारण रुसको सहयोगी देशसम्म कसरी पुग्यो ?
अमेरिकी सेनाको लाखौँ इमेल एक सानो गल्तीका कारण वर्षौँसम्म रुसको सहयोगी देश माली पुगेका छन् ।
यी इमेलहरूमा पासवर्ड, मेडिकल रेकर्ड र वरिष्ठ अधिकारीहरूको यात्रा तालिका जस्ता संवेदनशील जानकारीहरू थिए । वास्तवमा यो गल्ती डोमेनको नामका कारण भएको हो । जसरी नेपालको डोमेन नेम .np छ, त्यसै गरी माली देशको डोमेन नेम .ml हो ।
अमेरिकी सेनाले इमेल जुन ठेगानमा पठाउनु पर्दथ्यो त्यसको डोमेन नेम .mil थियो तर गल्तीले यो मेल .ml मा पठाइयो ।
अमेरिकी गुप्तचर विभाग पेन्टागनले यो समस्या समाधानका लागि कदम चालेको दाबी गरेको छ ।
फाइनान्सियल टाइम्सका अनुसार डच इन्टरनेट उद्यमी जोहानेस जुर्बियरले करिब १० वर्षअघि यो समस्या पत्ता लगाएका थिए ।
जुर्बियरसँग माली देशको डोमेन चलाउने एउटा सम्झौता छ । हालैका दिनमा उनले त्यस्ता हजारौँ इमेल प्राप्त गरेका छन् ।
पत्रिकाका अनुसार कुनै पनि मेललाई वर्गीकृत रूपमा वर्णन गरिएको छैन, तर यी इमेलमा अमेरिकी सैन्य प्रतिष्ठानको नक्सा, वित्तीय रेकर्ड, आधिकारिक यात्राको विवरण र केही कूटनीतिक सन्देशहरू समावेश छन् ।
जुर्बियरले यस महिना अमेरिकी अधिकारीहरूलाई पत्र पठाएर समस्याबारे चेतावनी दिएका थिए ।
उनले माली सरकारसँगको आफ्नो सम्झौता छिट्टै टुङ्गिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण