आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सेनाको लाखौँ इमेल एउटा सानो गल्तीका कारण रुसको सहयोगी देशसम्म कसरी पुग्यो ?

मङ्गलबार, ०२ साउन २०८०, १४ : २५
मङ्गलबार, ०२ साउन २०८०

अमेरिकी सेनाको लाखौँ इमेल एक सानो गल्तीका कारण वर्षौँसम्म रुसको सहयोगी देश माली पुगेका छन् । 

यी इमेलहरूमा पासवर्ड, मेडिकल रेकर्ड र वरिष्ठ अधिकारीहरूको यात्रा तालिका जस्ता संवेदनशील जानकारीहरू थिए । वास्तवमा यो गल्ती डोमेनको नामका कारण भएको हो । जसरी नेपालको डोमेन नेम .np छ, त्यसै गरी माली देशको डोमेन नेम .ml हो । 

अमेरिकी सेनाले इमेल जुन ठेगानमा पठाउनु पर्दथ्यो त्यसको डोमेन नेम .mil थियो तर गल्तीले यो मेल .ml मा पठाइयो । 

अमेरिकी गुप्तचर विभाग पेन्टागनले यो समस्या समाधानका लागि कदम चालेको दाबी गरेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार डच इन्टरनेट उद्यमी जोहानेस जुर्बियरले करिब १० वर्षअघि यो समस्या पत्ता लगाएका थिए ।

जुर्बियरसँग माली देशको डोमेन चलाउने एउटा सम्झौता छ । हालैका दिनमा उनले त्यस्ता हजारौँ इमेल प्राप्त गरेका छन् ।

पत्रिकाका अनुसार कुनै पनि मेललाई वर्गीकृत रूपमा वर्णन गरिएको छैन, तर यी इमेलमा अमेरिकी सैन्य प्रतिष्ठानको नक्सा, वित्तीय रेकर्ड, आधिकारिक यात्राको विवरण र केही कूटनीतिक सन्देशहरू समावेश छन् ।

जुर्बियरले यस महिना अमेरिकी अधिकारीहरूलाई पत्र पठाएर समस्याबारे चेतावनी दिएका थिए । 

उनले माली सरकारसँगको आफ्नो सम्झौता छिट्टै टुङ्गिने दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप