शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग

बुधबार, ०३ साउन २०८०, १९ : १६
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरेको छ । बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको हो । 

योग्यता पुगेका शिक्षकहरूले साउन १७ गतेभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । 

आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

त्यस्तै आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै माध्यमिक तह कक्षा (१–१०/१२) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकले आवेदन दिन सक्नेछन् । 

सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन् ।

b

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप