भाषा परीक्षा रोके कोरियामा नेपालीले रोजगारीको अवसर गुमाउने चेतावनी
काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले रोजगारीको अवसर गुमाउन सक्ने चेतावनी दिएको छ । कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया सरकारले रोजगारीको अवसर गुमाउने चेतावनी दिएको हो ।
ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने स्पष्ट पारे । रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने उनको भनाई छ ।
कोरियाली रोजगारदाताले पारिश्रमिक दिने भएकाले विदेशी श्रमिक छनोटमा उनीहरूकै राय सबैभन्दा महत्त्वपूर्ण हुने उनको भनाई छ । ‘रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन । रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएर सायद केही रिटर्नी कोरिया जान पाउलान् तर रोजगारदाताले चाहेको श्रमिक रोस्टरमा नभए अरू राष्ट्रबाट छनोट गर्न सक्छन् भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ,’ उनले भनेका छन् ।
सन् २०२२ मा १४ हजार ४९५ जना नेपाली कोरिया प्रवेश गरेका थिए । जुन ईपीएस प्रणाली लागू भएका १६ राष्ट्रमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक हुन् ।
सन् २०२३ मा १६ वटै देशबाट १ लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्याउने योजना छ । जसका लागि रोस्टरमा दुई गुणा बढीको अनुमान गरी परीक्षामा धेरै उत्तीर्ण गराइएको थियो ।
२०२३ जुलाई १९ सम्म १४ हजार ३५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन् । यसमा नयाँ श्रमिक १० हजार ११४ जना र ४ हजार २४५ जना कमिटेड श्रमिक रहेको ईपीएस नेपालले जनाएको छ । कमिटेड श्रमिकको अनुपात ३० प्रतिशत रहेको छ ।
नयाँ परीक्षा उत्तीर्ण भएका रिटर्नीहरूको रोजगारी दर नेपालमा मात्र नभई १६ वटै राष्ट्रमा साझा रूपमा कम भइरहेको ईपीएस नेपालले प्रष्ट पारेको छ ।
हाल नेपालमा परीक्षा पारदर्शी हुनुका साथै कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ राष्ट्र मध्ये उत्कृष्ट उदाहरण बनेको नेपाल ईपीएस सेन्टर प्रमुख दकले बताए । ईपीएस प्रणाली १६ वटै राष्ट्रमा समानरूपमा लागू हुने र नेपालका लागि मात्र विशेषरूपमा लागू गर्न नसकिने प्रष्ट पारे ।
रिटर्नीहरूको विरोधको कारण परीक्षा र कोरिया प्रवेशमा असर परेमा परीक्षा तयारी गर्दै गरेका धेरै युवाहरूले अवसर गुमाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण