समाजवादी मोर्चाको टुंगियो झण्डा : रातो पृष्ठभूमिको बीचमा सेतो रङको हातको मुट्ठी
मङ्गलबार, ०९ साउन २०८०, १६ : ०८
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले झण्डाको टुंगो लगाएको छ । मोर्चाको हालै सम्पन्न बैठकले कार्यविधि तय गर्दै झण्डा र लोगोबारे टुंगो लगाएको हो ।
मोर्चाका एक नेताका अनुसार झण्डा आयातकारमा ३/२ को अनुपातमा लम्बाई र चौडाई रहेको रातो पृष्ठभूमिको बीचमा सेतो रङ्गको हातको मुट्ठी हुने तय भएको छ । झण्डामा रहेको रातो रङ्गले क्रान्ति, परिवर्तन र समाजवाद तथा हातको मुट्ठीले चेतना, सङ्घर्ष र एकतालाई जनाउने बताइएको छ ।
यस्तै मोर्चाको छापमाथि देवनागरीमा समाजवादी मोर्चा नेपाल र तल अङ्ग्रेजीमा सोसलिस्ट फ्रन्ट नेपाल लेखिएको अक्षरको गोलाकारभित्र सेतो पृष्ठभूमिमा सुनौला रङ्गको मुट्ठी र त्यसको मुनी नेपाली र अङ्ग्रेजीमा २०८०, सन् २०२३ लेखिएको हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण