शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभामा टेबल : आधा घण्टाका लागि बैठक स्थगित

बिहीबार, ११ साउन २०८०, ११ : ५०
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो । 

राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबुल गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।  राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप