शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघ नेता विनोद शाही राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त

शुक्रबार, १२ साउन २०८०, ०७ : १८
शुक्रबार, १२ साउन २०८०

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्मा २ जना सदस्य नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार  विनोदकुमार शाही र रजनी कुमारीलाई राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा (५)को उपदफा (४) अनुसार शाही र कुमारीलाई नियुक्त गरिएको हो । उनीहरुको पदावधि ४ वर्षको रहनेछ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाही नेविसंघका नेता हुन भने कुमारी जसपा निकट हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप