फ्राइडे रिलिज : हलमा तीन विदेशी फिल्म
काठमाडौँ । आज शुक्रबारबाट हलमा तीन नयाँ विदेशी फिल्म प्रदर्शनमा आएको छ । आज रिलिजका लागि नेपाली फिल्म नभएको कारण विदेशी फिल्महरुले मात्र रिलिज अवसर पाएको हो ।
रिलिजमा आएको फिल्म हुन् ‘रकी और रानीकी प्रेम कहानी’, ‘टक टु मी’ र ‘धुमम्’ । ‘रकी और रानीकी प्रेम कहानी’ बलिउड फिल्म हो भने ‘धुमम्’ दक्षिण भारतीय र ‘टक टु मी’ अष्ट्रेलियाली फिल्म रहेको छ ।
‘रकी और रानीकी प्रेम कहानी’
‘रकी और रानीकी प्रेम कहानी’ रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको फिल्म हो । करण जोहरको निर्देशन रहेको फिल्म कमेडी र फेमिली ड्रामा निर्माण भएको हो ।
‘धुमम्’
दक्षिण भारतीय फिल्म ‘धुमम्’ ‘केजीएफ’ निमाण कम्पनी हम्बेल पिक्चर्सले बनाएको हो । पवनकुमार निर्देशित फिल्म एक्सन, एड्भेन्चर ड्रामा बताइएको छ । फहद फैसल, अपर्ना बालामुरली र रोशन माथ्र्युको मुख्य भूमिका फिल्ममा छ ।
‘टक टु मी’
डेनी एण्ड माइकल फिलिपले संयुक्त निर्देशन रहेको फिल्म ‘टक टु मी’ अष्ट्रेलियाको सुपर न्याचुरल जनरामा निर्माण भएको हो । सोफी वाइल्ड, अलेकजान्ड्रा जेनसेन र जोय बर्ड लगायतको अभिनय फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण