सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात मजदुरको बालेनलाई प्रश्न : गरिखानेलाई किन तर्साएको ?

शुक्रबार, १२ साउन २०८०, २१ : ३०
शुक्रबार, १२ साउन २०८०

पृष्ठभूमि 

साउनको १२ गते काठमाडौँ महानगरका प्रहरीहरूले बुकिङ काउन्टर हटाउन कोटेश्वर लगायतका स्थानहरूका माइकिङ गरे, यसैगरी असार १८ गते पनि कोटेश्वर, गौशाला लगायतका स्थानहरूमा बुकिङ काउन्टर हटाउन महानगरका प्रहरीहरूले माइकिङ मार्फत उर्दी गरेका थिए । महानगरको यो कार्य सर्वथा गलत छ । किनभने यस विषयलाई व्यवस्थापन गर्ने काम महानगरको नेतृत्वमा बनेको कार्यदलको हो । तर कार्यदलको बैठक नै नबसी ट्रेड युनियनहरु र व्यवसायीले दिएको सुझाव पन्छाएर गरिएका एकाङ्की कार्य त्रुटिपूर्ण छ । 

समस्याको जड 

 यात्रु चढ्न, ओर्लिन नयाँ बसपार्क पुग्नु पर्ने, टिकट काट्न नयाँ बसपार्क नै पुग्नु पर्ने, लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरू नयाँ बसपार्कबाट सञ्चालन गर्नु पर्ने लगायतका विषयमा काठमाडौँ महानगरपालिकाको मिति २०८० वैशाख २९ गतेको निर्णय असार १ गतेदेखि कार्यान्वयन गर्नेबारे विवाद उत्पन्न भएको थियो । त्यसपछि २०८० जेठ ३२ गते काठमाडौँ महानगरपालिकामा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालाहरुबीच छलफल भएपछि यात्रुहरूलाई हुने असुविधा, सवारीसाधनको चाप र बसपार्कको क्षमता, टिकट बुकिङ काउन्टरलाई व्यवस्थापन तथा पूर्व अरनिको यातायात प्रालिका समस्याहरूलाई समेत मध्यनजर गर्दै समस्याहरूको समाधान गरिएको छ । 

यस्तो थियो सहमति M  

१= मिति २०८० साल असार १ गतेदेखि लामो, मध्यम र छोटो दुरीका सवारीसाधनहरू बसपार्कबाट छुट्ने तथा यात्रु पु¥याउने । 

२= मति २०८० साल असार १ गतेदेखि चक्रपथ आसपास रहेका टिकट काउन्टरहरूमा राखिएका बोर्डहरू हटाउने । 

३= उपयुक्त स्थानमा बुकिङ काउन्टर व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको थियो । 

४= विभिन्न स्थानहरूमा यात्रु पिक एन्ड ड्रपको व्यवस्था र स्थान निर्धारण लगायत अन्य समस्याहरूको समाधान सोही कार्यदलले गर्ने । र व्यवहारिक कठिनाइलाई ख्याल गर्दै हाललाई यात्रु चढाउने, ओराल्ने, पार्किङ र यातायात सञ्चालनका काम यथास्थानबाट सुचारु गर्न बाधा नपुर्‍याउने महानगरपालिकाले प्रतिबद्धता जनाएको छ । 

निर्णय अनुसार असार १ गते सबै बुकिङ काउन्टरहरूले आफ्नो बोर्डहरू हटाए, बसपार्क सवारीसाधनहरू पिक एन्ड ड्रप हुन थालेका छन् । दुःखको कुरा असार १ गते कार्यदलको बैठक भयो । तर बुकिङ काउन्टर व्यवस्थापनको लागि हामीले दिएको मापदण्ड सहितको सुझाव लागु गर्न र यात्रु पिक एन्ड ड्रप व्यवस्था गर्न महानगरले मानेन । असार ३ गते नयाँ बसपार्कमा बैठक भयो त्यहाँ पनि हाम्रा सुझावहरूलाई निर्णय गर्न आनाकानी भयो ।  असार ४ गते महानगरपालिकामा बैठक भयो फेरी पुरानै कुरा दोहोरिए । 

कार्यदलको काम बुकिङ काउन्टरको मापदण्ड तोक्नु र पिक एन्ड ड्रप निर्धारण गर्नु हो । तर, दुवै काम सम्पन्न गर्न नसकेपछि कार्यदलमा बस्नुको औचित्य नहुने जनाउँदै असार ४ गतेको बैठकमा तिन वटै सङ्गठनले कार्यदलबाट राजीनामा दिएका थियौँ । 

तर, मेयर बालेन्द्र साहकै उपस्थितिमा दुई दिनभीत्र निर्णय गरी कार्यान्वयन गर्ने निर्णय भएपछि राजीनामा फिर्ता लिएका थियौँ । तर, महानगर यस विषयमा जिम्मेवार बनेन वा विभिन्न स्वार्थ र षड्यन्त्रका कारण महानगर यो विषयलाई समाधान गर्न आनाकानी गरिरहेको छ । कार्यदलभीत्रै पनि कतिपय स्वार्थ र समस्याहरू छन् जसका कारण निकासमा उल्झन भइरहेको छ ।

बालेनलाई प्रश्न

महानगर कार्यदल मार्फत समस्याको समाधान गर्छु भनिरहेको छ तर नगर प्रहरी पठाएर बेलाबेला तर्साइरहेको छ । असार १८ गते विहानै कोटेश्वर, गौशाला लगायतका स्थानहरूमा बुकिङ काउन्टर हटाउन महानगरका प्रहरीहरूले माइकिङ गर्दै उर्दी गरे ।

 १९ गते महानगरमा छलफल भयो फेरी पनि मापदण्ड तोकिएन पिक एन्ड ड्रप तोकिएन । महानगर केही समय मौन बस्यो र फेरी साउनको १२ गते पुनः उही शैलीमा कोटेश्वर लगायतका स्थानहरूमा महानगरका प्रहरीहरूले माइकिङ गरेर गरिखाने श्रमिकहरूलाई आतङ्कित पार्ने काम गरेका छन् । 

हाम्रो सुझाव यस्तो थियो 

-क_ कोटेश्वर, कलंकी, गौशाला, चावहिल, बल्खु, सात दोबाटो, महालक्ष्मीस्थान, जोरपाटी लगायतका स्थानहरूमा रहेको बुकिङ¨ काउन्टरलाई बुकिङ¨ कार्यालयका रुपमा व्यवस्थित गर्ने सम्बन्धमा निम्नानुसारको मापदण्ड बनाउने निर्णय गरियो । 

बुकिङ¨ कार्यालय मापदण्ड 

१=कानुनी रुपमा दर्ता भएका प्रालिले मात्रै बुकिङ¨ कार्यालय सञ्चालन गर्ने । 

२= एक प्रालि एक बुकिङ¨ कार्यालय नीति अनुसार शाखा कार्यालय राख्ने । 

क= सवारीसाधनको सङ्ख्या, क्यु सङ्ख्या र सवारीको प्रकृति अनुसार निर्धारण गर्ने 

३= बुकिङ¨ कार्यालय एकै र¨, -निलो बोर्ड सेतो अक्षर_ र एकै साइज -३÷५_ को आकारमा लेख्ने 

४= बुकिङ¨ कार्यालयमा काम गर्ने श्रमिकको पहिचान सहितको परिचयपत्र तथा पोसाक अनिवार्य गर्ने ।

५= बुकिङ¨ कार्यालयमा पारदर्शी सिसाको बार लगाउने, सफा राख्ने र गन्तव्य स्थानको मात्रै नाम लेख्ने ।

६= बुकिङ¨ कार्यालयमा भाडा दररेटको सूचL राख्ने ।

७= बुकिङ¨ कार्यालयको सङ्ख्या किटान गरेर ठुलो अक्षरमा नम्बर लेख्ने ।

८= यात्रुलाई चढाउने र ओराल्ने -पिक एन्ड ड्रप_ स्थान र समय बारे डिजिटल माध्यमद्वारा खबर गर्ने । 

९= अशक्त, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष सेवा दिने ।

१०= यात्रुहरूको गुनासा तथा सुझावका लागि बुकिङ¨ कार्यालयमा सुझाव पेटिका राख्ने ।

११= बुकिङ¨ कार्यालयमा प्रहरीको टोलफ्रि नम्बर राख्ने । 

१२= बुकिङ¨ कार्यालयमा शौचाललय, खानेपानी, बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था गर्ने।

१३= बुकिङ¨ कार्यालयको अनुगमन र निरीक्षण गर्ने । सबै बुकिङ¨ कार्यालयहरू असार १५ गत्तेभित्र व्यवस्थित गरिसक्ने अवैध, गैरकानुनL र अव्यवस्थित बुकिङ¨हरु हटाउने ।

-ख_ यात्रु पिक एन्ड ड्रप बारे निम्नानुसार गर्ने ।

कोटेश्वर तर्फ -आउँदा_ M १= बसुन्धारा, २= गोपीकृष्ण धोबीखोला पुल छेउ ३= बागमती पुल छेउ -तिलगंगा_ ४= सरस्वतीबाटीका कोटेश्वर उकालो । 

कलंकी तर्फ M १= ब्याट्री कारखाना २= स्वयम्भू ३= मकालुको अपोजिट ४ कलंकी ढुङ्गे अड्डा ।

कलंकीबाट बसपार्क तर्फ M १= बाफल, २= ब्याट्री कारखाना ३= बसपार्क

कलंकीबनेपा तर्फ M १= खसीबजार, २= सानेपा हाइट, ३= सात दोबाटो, ४= कोटेश्वर भाटभटेनी

बनेपा कलंकी M १ कोटेश्वर भाटभटेनी २= ग्वार्को, ३= माहालक्ष्मीस्थान ४= सानेपा हाइट ५ कलंकी  ढुंगे अड्डा ।

महानगरलाई हाम्रो अन्तिम अपिल 

हाम्रा सुझावलाई महानगरले कार्यदलको बैठकमा राम्रो सुझाव भनेको छ । तर कार्यान्वयन गर्नुको बदला हचुवाको भरमा बेला बेला काउन्टर हटाउने उर्दी गरिरहेको छ ।  महानगरको यो कार्यशैलीले समस्याको समाधान होइन द्धन्द्ध भड्काउन खोजेको छ भन्ने देखिन्छ । महानगरले कार्यदलको बैठक मार्फत विषयहरू टुङ्ग्याउनु पर्दछ । तर, कार्यदल अस्तित्वमा रहेकै अवस्थामा बेलाबेला निहुखोजिहनुले महानगर व्यवसायी र श्रमिकहरूलाई उत्तेजित बनाउँदै सडक संघर्षमा जान बाध्य पार्दैछ भन्ने बुझिएको छ । 

-राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष हुन् । _

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भीमज्वाला राई
भीमज्वाला राई
लेखकबाट थप